दिवंगत कांग्रेस नेता केशवकुमार बुढाथोकीलाई श्रद्धाञ्जलि दिइँदै (तस्बिरसहित)

झापा- नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथाेकीलाई श्रद्धाञ्जलि दिइँदैछ। अर्जुनधारा ८ झापास्थित उनको निवासमा श्रद्धाञ्जलि दिने मानिसहरूको भीड लागेकाे छ।

बुढाथाेकीकाे पार्थिव शरीर १ बजेसम्म नेपाली कांग्रेस, झापाको कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने जनाइएकाे छ।

त्यसपछि कनकाई माईमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ।

बुढाथोकीको सोमबार राति निधन भएको हाे।

मृगौलासम्बन्धि बिरामी रहेका उनको विराटनगरस्थित विराट नर्सिङमा उपचारका क्रममा निधन भएको हो।

पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो-आफ्नो सगरमाथा’ प्रकाशित छ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्