आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सांकेतिक तस्बिर ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।

आइतबारदेखि लगातार ३ दिनसम्म ओरालो लागेको सुनको मूल्यले आज पनि निरन्तरत पाएको हो । आजसहित तीन दिनमा सुनको मूल्य १५ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः ६०० र ४०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्