मुक्तिनाथ कृषि कम्पनीको संचालकमा सुगरिका केसी

काठमाडौं- मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल एवम् कार्यक्रम प्रस्तोता सुगरिका के.सी. नियुक्त भएकी छन् ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ७८ औं बैठकले के.सी.लाई संचालकमा नियुक्त गर्ने निर्णय गर‍ेको हो ।

कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक रिक्त रहेका कारण कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलीको नियम २७ को उपनियम ४ बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी उनलाई नियुक्ति गरेको कम्पनीले जनाएको छ ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्