एनसेलले ल्यायो ‘इण्डिया रोमिङ् प्याक’

काठमाडौं- एनसेलले विविध प्रयोजनका लागि छिमेकी राष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि रोमिङ् प्याक सञ्चालनमा ल्याएको छ।

यही माघ १९ गतेबाट सञ्चालनमा आएको यस प्याक सुचारु गरी ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको छ।

ग्राहकले करसहित १०० रुपौयाँमा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको लिन सक्छन्। प्रतिदिन मात्र ३३ रुपौयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। साथै ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा धेरै छुट पाउने एनसेलले जनाएको छ।

एनसेलका अनुसार यो प्याकले सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर आदी शहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गरेको छ।

ग्राहकहरूले एष्ट्रिक्स १७१२९एष्ट्रिक्स ५ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेवसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत पनि सुचारु गर्न सकिन्छ ।

यो प्याक लिने बितिकै ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् । साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउनेछन्। अर्थात ग्राहकले करसहित  १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्नेछन्।

साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन पनि सक्नेछन्।

 

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्