काठमाडौं- दृष्टिविहीनहरूले फुटपाथमा गीत गाउन नदिएकाे भन्दै प्रदर्शन गरेका छन्।

उनीहरूले मंगलबार काठमाडौं महानगरपालिकाकाे प्रहरी बल कार्यालयमा प्रदर्शन गरेका हुन्।

आफ्ना पाँचजना साथीलाई महानगरले पक्राउ गरेकाे भन्दै दृष्टिविहीनहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले फुटपाथमा गीत गाउन नदिने हाे भने छुट्टै व्यवस्था गर्न पनि माग गरेका छन्।

काठमाडौं महानगरले दृष्टिविहीनहरूलाई सडकमा गीत गाउन राेक लगाएकाे छ।

हेर्नूहाेस् तस्बिरहरू: