हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट – आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो।

मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज तारा र समिट एयरले एक/एक उडान भरेका छन्। तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी गरेको छ भने समिट एयरले भने यात्रुहरु ओसारेको छ।

सिमकोटको मौसम सफा भए पनि नेपालगञ्जमा बिहान लागेको हुस्सुको कारण हवाई उडान ढिलो भएको थियो। हवाई उडान सुचारु भएसँगै सिमकोटमा तीन दिनदेखि टिकट काटेर रोकिएका यात्रुहरु आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन्।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्