रेड्मी नोट १३ का तीन मोडल नेपाली बजारमा, यस्ता छन् विशेषता र मूल्य

काठमाडौँ – रेड्मी नोट १३ का तीन मोडल नेपाली बजारमा आएका छन। रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ मोडल बजारमा आएका हुन्।

शाओमीले सोमबार काठमाडौँमा एक कार्यक्रम गरी नेपालमा रेडमी नोट–१३ सिरिज सार्वजनिक गरेको हो। यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीले जनाएका् छ।

कम्पनीका अनुसार रेडमी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको हो।

तीनवटै मोडल फरक–फरक ग्राहकलाई लक्षित गरी निकालेको साओमी नेपालका मार्केटिङ म्यानेजर विमल मान श्रेष्ठ ले बताए। उनले भने,’क्यामेरा  र गेम खेल्नेहरुको लागी रेड्मी नोट १३ प्रो प्लस फाइभ जी र रेड्मी नोट १३ प्रो महत्वपूर्ण छ। राम्रो मोबाइल आवश्यक छ र थोरै बजेटमा किन्ने चाहना छ भने रेड्मी १३ महत्वपूर्ण छ।’

रेड्मी नोट १३ प्रो प्लस फाइभ जिः यसको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेका छन्। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव र आकर्षक सेल्फीहरू लिन सक्नेछन्।

यसको स्टोरेज कन्फिगरेसन ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको रहेको छ। यसको ५००० एमएचको ब्याट्री रहेकोले दिनभर आरामसँग फोन चलाउन सकिने कम्पनीको भनाइ छ। यसमा १२० वाटको हाइपरचार्जर भएकाले चार्जिङ पनि छिटो हुन्छ। डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि रहेको छ।

यसमा मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिनेछ। स्टाइलिश डिजाइन भएको यसको मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ। यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२०को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ।

रेड्मी नोट १३ प्रोः यसको मुख्य क्यामेरा २०० मेगापिक्सेल रहेको छ। पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा रहेको छ। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउने कम्पनीको दाबी छ। मुख्य विशेषताहरु मध्य स्टाइलिश एमोलेड डिस्प्ले रहेको छ।

यसमा ५००० एमएच क्षमताको ब्याट्री रहको छ भने ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ। डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि यसमा रहेको छ। यस्तै यसमा ८ जिबी+२५६ जिबी वा १२ जिबी +५१२ जिबी स्टोरेज रहेको छ।
७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ। ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ। साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

रेड्मी नोट १३ मा भने हरेक फिचर विशेष रहेका छन्। ७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ। यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ।

स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ। एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइसबिना कुनै ल्याग चल्दछ। प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्‍याम रोज्न र आफ्नो आवश्यकताअनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन्।

रेड्मी नोट १३ को क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। साथमा यसको १६ एमपी सेल्फी क्यामेरा रहेको छ।

५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ। साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ।

मूल्य


रेड्मी नोट १३ः मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रहेको रेड्मी नोट १३ (६/१२८ जीबी) को मूल्य २४ हजार ९९९ रहेको छ भने (८/२५६) जीबीको २७ हजार ९९९ रहेको छ। रेड्मी नोट १३ किन्दा बड्स ४ एक्टीभ १ हजार ६९९ मा पाउन सकिने छ।

रेड्मी नोट १३ प्रोः मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रहेको रेड्मी नोट १३ प्रो (८/२५६ जीबी)को मूल्य ३४ हजार ९९९ रहेको छ भने (१२/५१२ जीबी)को मूल्य ३९ हजार ९९९ रहेको छ। रेड्मी नोट १३ प्रो किन्दा बड्स ४ एक्टीभ १ हजार ६९९र रेड्मी वाच ३ एक्टीभ ३ हजार ४९९ मा पाउन सकिने छ।

रेड्मी नोट १३ प्रो प्लस फाइभ जीः मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रहेको रेड्मी नोट १३ प्रो प्लस  फाइभ जी (८/२५६ जीबी)को मूल्य ४७ हजार ९९९ रहेको छ भने (१२/५१२ जीबी)को मूल्य ५२ हजार ९९९ रहेको छ। रेड्मी नोट १३ प्रो प्लस फाइभ जि किन्दा बड्स ४ एक्टीभ १ हजार ६९९ र रेड्मी वाच ३ एक्टीभ ३ हजार ४९९ मा पाउन सकिने छ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्