नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए ।

‘उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ’, योङहाले भने, ‘सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा. गोपालरमण शर्माको नेतृत्वमा डा. बाबुराम पोखरेल, डा प्रसन्ना कार्की लगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेको छ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।  यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्