गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरु काम गर्न सक्दैनः मिनेन्द्र रिजाल

मिनेन्द्र रिजाल। फाइल फोटो।

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो’ भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे। उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको बताए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्