लागुऔषध मुद्दामा फरार कसुरदार पक्राउ

सांकेतिक तस्बिर।

पोखरा – कास्की प्रहरीले लागुऔषध मुद्दामा फरार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।

परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागुऔषध मुद्दामा दोषी ठहर गरेको थियो। १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला भएकोमा उनी फरार थिए।

जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्