देशसञ्चार चौतारी : भाग-३०

खाना अमृतमात्र होइन, बिष पनि हो

बेलायतको रेडिङ विश्वविद्यालयबाट खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा एमएस्सी गरेका जगदीश वाग्ले पछिल्लो समयमा नेपाल र विश्वका विभिन्न क्षेत्रमा खाद्य सुरक्षाका विषयमा अनुसन्धान र अध्ययन गरिरहेका छन्।

देशसञ्चार चौतारीको पछिल्लो अंकमा खाद्य सुरक्षाका विभिन्न विषयमा कुरा गर्न हामीले वाग्लेलाई निम्ता गरेका थियौँ।

खाद्य सुरक्षा खेतबारीदेखि भान्सासम्म जोडिएका धेरै विषय पर्ने उनी बताउँछन्। ‘हामीले बिहान खाएको चिजले दिनभरिका कार्यमा सपोर्ट गर्छ कि गर्दैन भन्नेमा हामीले फोकस गर्नुपर्छ,’ उनले भने।

खाना अमृत पनि र खाना विष पनि भएको उनले बताए। नेपाली समाज खाद्य सुरक्षाका विषयमा अनभिज्ञ रहेको उनले बताए। नेपाली समाजमा बृद्ध, महिला र बालबालिकाका लागि एउटै खाना पकाउने उल्लेख गर्दै उनले खानाको समुचित प्रयोग गर्न नेपालीले नजानेको बताए।

‘हामीले किसानको सम्मान नै गर्न जानेनौँ, त्यस्तै खानामा विविधिकरण गर्न पनि हामीले जानेनौँ,’ उनले भने।

बालबालिकालाई पछिल्लो समयमा खेतसँग जोड्न नसकिएको उल्लेख गर्दै यसले किसानीप्रति रुचि र जागरुकता कम गर्दै गएको उनले अन्तर्क्रियाका क्रममा बताए।

पछिल्लो समयमा खाद्य सुरक्षाका विषय नेपालमात्र नभएर विश्वव्यापी रुपमा आइरहेको उनले बताए। ‘अब खाद्य र पानीका कारण विश्वभरि नै मानिसको बसाइँसराइ हुँदै गरेको उनले बताए।

सहरमा मानिसको सम्बन्ध कृषिसँग नभएको र यसले समग्र समाजलाई नै असर गरिरहेको उनले बताए।

उद्योगहरु बन्द हुँदा नेपाली कृषि क्षेत्रलाई असर परेको उनले बताए। कृषिका विभिन्न उत्पादनको एकअर्कासँग सम्बन्ध हुने उल्लेख गर्दै उनले कृषि, जमिन र पर्यावरणको सुरक्षामा ध्यान पुर्‍याउनु आवश्यक रहेको बताए।

विश्वव्यापी रुपमा बसाइँसराइ आवश्यक रहेको उल्लेख गर्दै जनशक्ति नहुँदा जमिन बाँझो रहने अवस्थालाई सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए। राज्यले आशा देखाउन नसक्दा जनशक्ति नेपालमा नबस्ने र उसको उत्पादकत्त्व विश्वका अन्य मुलुक वा संस्थाले लिने उनले बताए। ‘आफ्नो जनशक्तिलाई जोगाएर राख्न सक्ने वा नसक्ने चाहिँ राज्यको दायित्व हो,’ वाग्लेले अन्तर्क्रियाका क्रममा भने।

सहरमा बस्दा वा अन्य व्यवसायमा रहँदा पनि कृषि पेशामा आफूलाई कुनै न कुनै रुपमा जोड्नुपर्ने उनले बताए।

खेतबारीसँग विद्यार्थी वा अन्य पेशाका व्यक्तिहरुलाई पनि कुनै न कुनै रुपमा नजोडे हाम्रो भान्सामा पाक्ने खानासँग हाम्रो सम्बन्ध कमजोर बन्ने उनले बताए।

परम्परागत रुपमा गरिँदै आएको कृषिलाई आधुनिकीकरण गर्नुपर्ने उनले बताए। नेपालको खाद्य संकटलाई कम गर्न कृषि उत्पादनलाई उपयुक्त ढंगले बिक्रीवितरण गर्ने अवस्था हुनुपर्ने उनले बताए। ‘गमलामा धान रोपेर कृषिक्रान्ति हुँदैन,’ उनले भने।

जगदीश वाग्लेसँग गरिएको देशसञ्चार चौतारीको पूर्ण भाग:

 

 

 

 

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्