झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाशक्ति अब उद्यममा लाग्नुपर्ने बताएका छन्।

मंगलबार झापा इनर्जी लिमिटेडबाट सञ्चालित १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको उद्घाटन गर्दै ओलीले नेपाली युवालाई जागिरे मनस्थितिले दास बनाएको बताए।

युवाले जागिरेभन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने उनले बताए। युवाशक्ति उद्यममा लागे पार्टीले सहयोग गर्ने ओलीले प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘एक्लै नसके मिलेर उद्यम गर्न युवालाई हामी आग्रह गर्छौं। त्यसमा आवश्यक सहयोग गर्न हामी तयार छौँ।’

ओलीले आफैं उद्यमी हुने, सानाठूला उद्यमहरु आफैंले स्थापना र सञ्चालन गर्ने, आफैं नसके अरु साथीभाइसँग मिलेर चलाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्