सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: एपिएफ स्कुलको विजयी सुरुवात

काठमाडौं- कीर्तिपुरमा जारी अन्तर-विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियाेगितामा नेपाल एपिएफ स्कूलको ख टिम र मनकामना सेकेण्डरी स्कुल ले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको दोस्राेत दिन आयोजक नेपाल एपिएफ स्कूलको ख टिमले पुष्पसदन स्कुलमाथि ४-० को एकपक्षीय जित दर्ता गर्‍याे। एपिएफका लागि विकेन खत्रीले ह्याट्रिक पूरा गर्दा विवेकानन्द कुशवाहले १ गोल गरे। खत्री सो खेलमा म्यान अफ दि म्याच चुनिए।

यसैगरी, मंगलबार नै सम्पन्न दिनको दोस्राे तथा अन्तिम खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल जावलाखेललाई ४-० ले पराजित गर्‍याे। मनकामना सेकेण्डरी स्कूलका लागि सुनिल डंगोलले २ तथा अनिश डंगोल र रविन तामाङले समान १-१ गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत बुधबार नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीले हारती शिक्षा मन्दिर सितापाइलाको सामना गर्नेछ भने ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरले जेम्स स्कुल धापाखेलको चुनाैती सामना गर्ने तालिका रहेको छ।

प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एकगरी कुल १८ वटा विद्यालयहरूका १९ टिमबीच लिग कम नकआउट आधारमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ।

प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न खेलहरूमा क्रमश: लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरले विजयी भएका थिए।

माघ २३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्