यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सांकेतिक तस्बिर।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ।

हेर्नूहोस् कुन देशको कति?

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्