राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो: प्रधानमन्त्री सुनक

फाइल तस्बिर।

आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मंगलबार बताएका छन्।

बकिंघम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन। सार्वजनिक उपस्थितिबाट राजा पछि हटेका छन् तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नेछन्।

राजा चार्ल्ससँग टाढा रहेका छोरा प्रिन्स ह्यारीले आफूले बुबासँग कुराकानी गरेको र चाँडै आएर भेट्ने बताएएपछि उनको स्वास्थ्यलाभको कामनासहितका सन्देश प्रशस्त आएका छन्।

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्युपछि राजा बनेका चार्ल्स पोलो र स्किइङको चोटहरूलाई छाडेर सामान्यरूपमा राम्रो स्वास्थ्य अवस्थामा रहेकाे बताइएको छ।

चिकित्सकहरूले राजा चार्ल्सलाई कुनै पनि कार्यक्रम स्थगित गर्न सल्लाह दिएको तर उनले सधैंको जस्तो राज्यको व्यापार र आधिकारिक कागजी काम जारी राख्ने प्यालेसले जनाएको छ।

यसैबीच आफ्ना पितालाई क्यान्सर भएको पत्ता लागेपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मंगलबार लन्डन पुगेका छन्। रासस

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्