संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं- संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद ‍तिमल्सिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतको उपस्थिति थियो ।

पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्