बलिउड गायक आतिफ असलमले ‘न्यू इयर इभ’ मा नेपालमा कन्सर्ट गर्ने

काठमाडौँ- बलिउडमा गीत गाउने पाकिस्तानी गायक आतिम असलम नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौँमा कन्सर्ट गर्ने भएका छन्।

ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनको आयोजनामा नेपाल आउन लागेका आतिफले हायात रिजेन्सी होटलमा प्रस्तुति दिने आयोजकले जानकारी दिएका छन्। आतिफसँगै एक चर्चित भारतीय कलाकार पनि नेपाल आउने आयोजकले जानकारी दिएका छन्।

कन्सर्टका लागि भारतबाटै ध्वनि उपकरणहरु ल्याइने पनि आयोजकले जानकारी दिएका छन्। यसअघि २०१२ मा पनि आतिफले दशरथ रंगशालामा कन्सर्ट गरेका थिए।

सात वर्ष लामो बिश्रामपछि आतिफ केही समयअगाडि भारतीय संगीतमा फेरि फर्केका थिए।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्