संसदलाई नैतिकताविहीन नबनाऔँः सांसद खान

काठमाडौँ – जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकता विहिन बनाउनु नहुने बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकताविहीन बनाउनु नहुने बताए।

उनले विगतका दुई वटा संसद अधिवेशन नैतिकताविहीन भएको बताए। उनले संसदमा एकअर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरू बोल्दा ताली बजाउनेबाहेक केही हुन नसकेको बताए।

उनले कानुन निर्माणमा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए। उनले संसद जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

 

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्