प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँः सांसद देवकोटा

खिमलाल देवकोटा। फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने कुरा निर्धारण हुन जरुरी रहेको बताएका छन्।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने कुरा निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भने पनि सोअनुसार काम हुन नसकेको बताए।

उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्विट्जरल्यान्डको रहेको बताए।
उनले नेपालको राजनीतिमा शुद्धीकरण हुन नसकेको बताए।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्