सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रस्तुत गर्नुपर्छः राजेन्द्र पाण्डे

राजेन्द्र पाण्डे। फाइल तस्बिर।

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयक संसदमा पेस गर्न सरकारलाई आग्रह गरेका छन्।

संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा अघि बढाएर प्रदेश र स्थानीय सरकारको काममा तीव्रता दिनुपर्ने भएकाले सोही काममा आफूहरू अघि बढ्ने बताए।

प्रतिनिधिसभा बैठकमा बुधबार उनले संसदको चालु अधिवेशनमा सरकारले प्रि बजेटसम्बन्धी छलफल भएर बजेट निर्माणमा नयाँ परम्परा सुरु गर्न लागेको पनि बताए।
उपाध्यक्ष पाण्डेले सरकारले आगामी वर्षदेखि सांसदहरूको निगरानीमा बजेट ल्याउने कामलाई अघि बढाउने पनि बताए।

 

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्