अन्तर्राष्ट्रिय समुदाय गुहारेर भए पनि रुस—युक्रेन सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुपर्छः सांसद पौड्याल

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताएकी छन्।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवा नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भई युक्रेन र रसियाका सेनामा भर्ती भएको बताइन्।

उनले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांक समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताइन्। उनले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भए पनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताइन्। सांसद पौड्यालले सरकार नेपाली जनताको आवाज नसुनिकन के हेरेर बसेको छ? भन्दै प्रश्न गरिन्।

 

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्