चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिबद्धता छः मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्की।

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैतअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन्।
सिंहदरबारमा बुधवार बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीसँग उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत् ऐनलगायत प्रदेशसँग सम्बन्धित केही अधिकार दिने प्रतिबद्धता व्यक्त गरेको बताए।

उनले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिबद्धता रहेको उनको भनाइ थियो। मुख्यमन्त्री कार्कीले परिषद्को पहिलो बैठकले गरेका निर्णय कार्यान्वयन नभएको बताए। उनले प्रदेश सरकारको अबको संघर्ष कानुन निर्माणका लागि संघीय संसदसँग हुने बताए।

मुख्यमन्त्री कार्कीले संघ सरकारले कानुन नबनाइदिँदा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरे। उनले संघ सरकार सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाए।

 

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्