घुससहित पक्राउ परेका जितपुरसिमरा–३ का वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

वीरगञ्ज – घुससहित पक्राउ परेका जितपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीबिरुद्ध भ्रष्टाचार मुदा दर्ता भएको छ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले वडाध्यक्ष कार्की बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको हो।

घुससहित पक्राउ परेका वडाध्यक्ष कार्की अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएको हुँदा उनीबिरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम पाँच लाख बिगोसहित कैद सजायको मागदाबी लिई मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता नरहरि घिमिरेले जानकारी दिए।

पुस २ गते घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग पाँच लाख घुस लिएको अवस्थामा वडाध्यक्ष कार्कीलाई अख्तियारको हेटौडाबाट गएको टोलीले घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्