पक्राउ परेका व्यवसायी चौधरीलाई थुनामुक्त गर्ने आदेशविरुद्ध वैद्यनिकट अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाडाैँ – बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई जिल्ला अदालतको थुनामुक्त गर्ने आदेशविरुद्ध वैद्यनिकट अखिल क्रान्तिकारीले काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेको छ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी रिहा भएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेशअनुसार बुधबार छुटेका हुन्।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्