छिमेकीलाई चक्कु प्रहार गर्ने लामा पक्राउ

सिमकोट – सँगै बसेको छिमेकीलाई चक्कु प्रहार गर्ने सिमकोट गाउँपालिका– ३ को तोर्पा गाउँका ६५ वर्षका निमा छिरिङ लामा पक्राउ परेका छन्। उनले छिमेकी सो गाउँका फुर्वा लामालाई चक्कु प्रहार गरेर घाइते बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

दुई जनाको आपसी विवाद बढेपछि निमा छिरिङ लामाले फुर्वा लामामाथि गरिएको चक्कु प्रहारले घाइते बनाएको हो। घाइते लामालाई निमा छिरिङ लामाले सामान्य विवादमा चक्कु प्रहार गरेका थिए।

प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले दुवै जना छिमेकी मिलेर मदिरा सेवा गर्दै गर्दा फुर्वा लामालाई निमा छिरिङले चक्कुले छातीमा हानेपछि घाइत बनाएको बताए।

सामान्य विवादमा सो घटना भएको उनले बताए। घटनाबारे प्रहरीलाई जानकारी भएपछि ठेहे प्रहरी चौकीबाट प्रहरी घटना स्थलमा पुगेका थिए। घाइते लामाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको छातीमा तीन वटा टाँका लगाइएको छ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्