कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डले पठाए सन्देश

काठमाडौँ- दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन सम्पन्न भएको छ। खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन २०२४’ (एसजीटी–२०२४) को सम्मेलन आयोजना गरिएको हो ।

मंगलबार राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउण्डेसन र हान्याङ विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलनलाई नेपालका प्रधानमन्त्री प्रचण्डदेखि विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा शुभकामना सन्देश दिँदै अपार सम्भावना बोकेको नेपाली खेलकुद पर्यटनको विकासका लागि चासो र सोचसहितको सम्मेलन गरेकोमा खुसी व्यक्त गरे ।

विश्वमा एक सुन्दर पहिचान बोकेको नेपालसँग एक अर्को महत्वपूर्ण आर्थिक र समृद्धिको आधर खेलकुद पर्यटनको सम्मभावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रको उन्नतिको लागि खेलकुद पर्यटनको अपार सम्भावनालाई सदुपयोग गर्ने हाम्रो यात्रामा यो सम्मेलन एउटा महत्वपूर्ण कोसेढुङ्गातर्फ सावित हुनेछ ।’

प्रधानमन्त्रीले खेल क्षेत्रको व्यापकता खेलमा मात्रै नभएर यसले आर्थिक, सामाजिक र संस्कृतिक विकास र उन्नतिमा पनि उत्ति नै महत्वपूण भूमिका खेल्ने भएकाले यसलाई नेपाल जस्तो अपार सुन्दरतासँग जोडेर लग्न सकिने भएपनि अझै नसकिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पनि सम्मेलनलाई शुभकामना दिँदै दक्षिण कोरियाले औद्योगिक र प्रविधिमा मात्रै विकास नगरेर खेलकुदको क्षेत्र र संस्कृति तथा पर्यटन क्षेत्रमा पनि अभूतपूर्व विकास गरेको र नेपालीले त्यसबाट धेरै सिक्न सकिने बताएका छन् । नेपाल पनि अथाह पर्यटकि खेलको सम्मभावना बोकेकोले यस विषयमा सम्मेलन गरेकोमा आयोजकलाई धन्यबादसमेत दिएका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले सम्मेलनमा सरोकारवाला पक्षकारुपमासँगै बसेर छलफल गर्न पाउँदा निकै खुसी भएको बताइन् ।

त्यसैगरी राष्ट्रिय खेलकुन परिषदका सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिएको बताए ।

सम्मेलनका मुख्य वक्ता ग्लोबल एनआरएनए फाउण्डसनका संरक्षक डा.शेश घलेले नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण देशको विकासका लागि पहिलो कुरा उचित नीति–नियम अख्तियार गर्ने, त्यपछि पर्यटन क्षेत्रका क्षमतावान तथा जानकार मान्छे भर्ति गर्ने र विश्वभरीका पर्यटनसँग सम्बद्ध ख्याति प्राप्त संघसंस्थासँग सहकार्य गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष विनोद कँुवारले सम्मेलनको मुख्य उद्देश्य नै पर्यटनमा खेलक्षेत्र जोडेर आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रको उन्नती गरेर नेपाललाई समृद्धिका साथै विश्वमा थप परिचय बनाउनु रहेको धारणा राखे ।

आयोजक संस्था ग्लोबल एनआरएन फाउण्डेसनका अध्यक्षसमेत रहेका कुँवरले हिमालयमा गल्फ, प्याराग्लाइडिङ, ह्वाइट वाटर र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राखे । हिमाली स्वर्गकोरुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने धारणा व्यक्त गरे।

सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा.कि–जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुसि लागेको बताए । खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुनेभएकाले त्यको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिए  कार्यक्रममा एनआरएन आईसीसीकी महासचिब जानकी गुरुङले अफूरुले विश्वभरका नेपालीहरुलाई नेपालको पर्यटनलाई खेलक्षेत्रमा जोड्न सहयोगको लागि अपिल गरिन्।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्