अछाममा आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु

धनगढी- अछाममा गाेठमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ।

मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कित बुढा र झङ्करे बुढाकी नातिनी ६ वर्षीया निरुता बुढाको आगोमा परी मृत्यु भएको हो।

खरले छाएको गोठमा बुधबार वेलुका आगलागी भएको थियो ।

उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्