पूर्वडिआइजी छविलाल जाेशीकाे घरमा छापा

फाइल तस्बिर।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्व डिआइजीकाे शंखमुलस्थित घरमा बुधबार राति छापा मारेकाे छ।

प्रहरी स्राेतका अनुसार सहकारी प्रकरणमा जिबी राईसँग मिलिभगत भएकाे हुनसक्ने आशंकामा उनकाे घरमा छापा मारेकाे हाे। प्रहरीले अनुसन्धानकाे क्रममा जाेशीकाे घरमा कागजपत्र हुनसक्ने आशंका गर्दै छापा मारेकाे हाे।

पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राई र पूर्वडिआइजी जोशी व्यापारिक साझेदार हुन्।

सिआइबीले जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोधमा छापा मारेकाे हाे। काठमाडौंको टोलीले बुधबार साँझ छापा मारेको हो।

सूर्यदर्शन सहकारी प्रकरणमा प्रकरणमा जिबी राईसहित एक दर्जन व्यक्ति फरार छन्।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत जिबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्