आइभरी कोस्ट र नाइजेरिया अफ्रिकन कप अफ नेसन्सको उपाधिका लागि भिड्ने

आयोजक आइभरी कोस्टले अफ्रिकन कप अफ नेसेन्सको फाइनलमा स्थान बनाएको छ। सेबस्टियन हलेरले गरेको एकमात्र गोल कंगोलाई हराउन पर्याप्त बन्यो।

खेलको ६५ औ मिनेटमा हलेरले घरेलु टोलीलाई १-० को अग्रता दिलाए। उक्त अग्रतालाई कायम राख्दा उपाधिक लागि नाइजेरियासँग भिड्ने पक्का भएको हो।

त्यस्तै, अर्को खेलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो।

नाइजेरियाले ६७ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। उसक लगि ट्रोस्ट एकंगले गोल गरेका थिए। तर ९० औं मिनेटमा पेनाल्टीमार्फत नै दक्षिण अफ्रिकाले खेल बराबरीमा ल्याएको थियो। उसका लागि मोकोएनाले पेनाल्टीमा गोल गरेका थिए।

त्यसपछि अतिरिक्त समयमा दक्षिण अफ्रिक १० खेलाडीमा समेटिएको थियो। तर पनि अतिरिक्त समयमा पनि खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ नाइजेरियाले बाजि मार्‍याे।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्