इजराइलमाथि हमासको आक्रमण ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी-विरोधी नरसंहार’: म्याक्रोन

फाइल तस्बिर।

फ्रान्सेली पीडितहरूलाई श्रद्धाञ्जलि दिनका लागि बुधबार आयोजित एक समारोहमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आक्रमणलाई ‘हाम्रो शताब्दीको सबैभन्दा ठूलो यहुदी–विरोधी नरसंहार’ बताएका छन्।

उनले ‘प्यालेस्टिनी लडाकू समूहको आक्रमणलाई बर्बरता भन्दै ऊ यहुदी–विरोधबाट सिञ्चित छ र यसको प्रचार गर्छ’ भने।

साथै उनले व्यापक यहुदी-विरोधसामु नझुक्ने वाचा गरे।

पेरिसमा इनभेलाइड्स मेमोरियल कम्प्लेक्समा आयोजित समारोहमा हमासद्वारा इजराइलमा मारिउका ४२ फ्रान्सेली नागरिकलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

अन्य तीन नागरिक बेपत्ता छन् र उनीहरूलाई बन्धक बनाइएको विश्वास गरिएको छ।

राष्ट्रपति म्याक्रोनले बाँकी फ्रान्सेली बन्धकहरूको रिहाइका लागि ‘हरेक दिन’ काम गर्ने बताए।

आधिकारिक इजराइली आँकडाको आधारमा एएफपीका अनुसार अहिलेसम्म सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध अक्टोबर ७ मा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणका साथ सुरु भएको हो।

उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो।

हमास लडाकूहरूले करिब दुई सय ५० बन्धकलाई आफ्नो कब्जामा लिएका छन्। इजराइलले गाजामा एक सय ३२ रहेका र तिनमा २९ जनाको मृत्यु भइसकेको बताएको छ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र हवाई तथा स्थल आक्रमण गरेको छ। आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २७ हजार पाँच सय ८५ जनाको मृत्यु भएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्