टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यु

काठमाडौं- कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबारबाट सुरु हुन लागेको नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।

कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको खेलम रिजन ढकाल र सूर्य तामाङलाई डेब्युको अवसर दिएको छ।

विश्वकप लिग-२ को तयारीका रूपमा रहेको यो सिरिजम दुबै टोली जित निकाल्ने प्रयासक साथ मैदान उत्रिँदै छन्।

यस्तो छ नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र ललित नारायण राजवंशी

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्