स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु

जनकपुरधाम- स्कुलबसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुलबसले साइकलमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हाे।

बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्