नेपालले गुमायो दोस्रो विकेट, भुर्तेलको अर्धशतक

काठमाडौं- टियु मैदान, कीर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलम नेपालले दोस्रो विकेट गुमाएको छ।

ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको नेपालले कप्तान रोहित पौडेललाई पनि ८ रनमा नै गुमाएको छ।

कप्तान रोहितलई इश्वारजोत सोहीले आउट गरेक थिए। त्यसअघि पहिलो विकेटका रुपमा आसिफ शेखलाई उदय भगवानले आउट गरेका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेल अहिले अर्धशतक बनाएर खेलिरहेका छन्। कुशलले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा अर्धशतक पुरा गरे। उनले ८ चौका र १ छक्का सहित १४औ ओभरको चौथो बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेक थिए।

कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको खेलम रिजन ढकाल र सूर्य तामाङलाई डेब्युको अवसर दिएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्