नेपालले तीन विकेट गुमाएर पुरा गर्‍याे सय रन, कुशल ६२ रनमा आउट

काठमाडौं- टियू मैदान कीर्तिपुरमा जारी नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलम नेपालले एक सय रन पुरा गरेको छ।

ओपनर कुशल भुर्तेललई ६२ रनमा गुमाएसँगै नेपालले ३ विकेट गुमाएर सय रनको आँकडा पुरा गरेको हो। कुशलको यो एकदिवसीय अन्तर्राष्ट्रियमा सातौं अर्धशतक हो।

कुशललाई साद बिन जफारले ६२ रनको अवस्थामा मोभाद्वारा क्याचआउट गराए। अहिले क्रिजम भीम सार्की १६ तथा कुशल मल्ल ३ रनमा अविजित छन्।

त्यसअघि नेपालले ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको थियो भने कप्तान रोहित पौडेल पनि ८ रनमा आउट भएका थिए।

कप्तान रोहितलई इश्वारजोत सोहीले आउट गर्दा त्यसअघि पहिलो विकेटका रूपमा आसिफ शेखलाई उदय भगवानले आउट गरेका थिए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्