‘द भ्वाइस अफ नेपाल’का प्रतिस्पर्धी कुर्वान अलिले गीत ल्याए

काठमाडौं- ‘भ्वाइस अफ नेपाल’काे सिजन पाँचमा दर्शकको मन जितेका गायक कुर्वान अलि मिया र बिमला गुरुङले प्रेमकथामा आधारित ‘राजा र रानी’ बोलको म्युजिक भिडियाे सार्वजनिक गरेका छन्।

गायक कुर्वान र बिमला दुवै कोच मिलन नेवारको टिमबाट द भोइस अफ नेपालको निजन पाँचको नकआउट राउण्डसम्म पुगेका थिए।

भ्वाइस अफ नेपालबाट बाहिरिए पछि यी दुई गायक-गायिकाले नयाँ गीत सार्वजनिक गरेका हुन्। दुवैका आवाज र केमिष्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।

गीतकार तथा संगीतकार रूपमा समेत परिचित कुर्वानकै अभिनय रहेको छ भने उनलाई साथ दिएकी छन् गायिका बिमलाले।

संगीत/संयोजन माष्टर शैलेन्द्र एम प्रधानको रहेको छ। रोशन नेपालीको निर्देशन र मिलन शंकरको छायांकन रहेको छ।

कुर्वान स्याङ्जाका हुन्। नेपाल स्टार हुँदै विभिन्न रियालिटी शोमा भाग लिइसकेका कुर्वानले एक दशकदेखि गीत गाउँदै आएका छन्। रोमियो नाटक चलचित्रमा प्ले व्याक सिंगरको रूपमा डेब्यु गरेका थिए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्