मानसिक रोग नेपालमा चुनौती बन्दैछः मन्त्री बस्नेत

फाइल तस्बिर ।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताएका छन्।

बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए। मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको उनकाे भनाइ छ।

मन्त्री बस्नेतले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए।

उनले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानुनसमेत बनाएर अघि बढ्नुपर्ने पनि बताए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्