दीपेन्द्रले युएईको फ्रेन्चाइज लिग खेल्ने

फाइल तस्बिर।

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको घरेलु टी-२० फ्रेन्चाइज खेल्ने भएका छन्।

दीपेन्द्रलई गल्फ जायन्टसले आइएल टी-२० प्रतियोगिताका लागि अनुबन्धन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

दीपेन्द्रलाई क्यानडा सिरिजम टोलीम सहभागी गरिएको छैन। उनी आजै युएई प्रस्थान गर्दैछन्।

क्यानले उनको प्रदर्शनलाई नजिकबाट नियालेको गल्फ जायन्टले अन्तत: औपचारिक अनुबन्धन गरेको हो। क्यानले दीपेन्द्रलाई आइएल टी-२० को लगि शुभकामना दिएको छ।

दीपेन्द्रले अवसरको सक्दो सदुपयोग गर्ने बताए। उनले भने, ‘गल्फ जायन्टको हिस्सा बन्न पाउँदा खुसी छु। मेरो लागि यो राम्रो अवसर हो र टोलीको लागि सक्दो योगदान गर्ने प्रयास गर्ने छु। मेरो क्षमतामा विश्वास गरेकोमा टोलीलाई धन्यवाद दिन चाहन्छु।’

गल्फ जायन्टले अब लिगमा २ खेल खेल्न बाँकी छ। आज एमआइ इमिरेट्ससँग खेलेपछि शनिबार अबुधाबी नाइट राइडर्ससँग खेल्ने छ। तेस्रो स्थानमा रहेको टोलीको ८ खेलमा ८ अंक छ। शीर्ष ४ टोलीले प्लेअफ यात्रा तय गर्नेछन्।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्