सांकेतिक तस्बिर।

जनकपुरधाम – धनुषामा एक पुरुषको शव फेला परेको छ। शहीदनगर नगरपालिका–७ स्थित नहरमा स्थानीय ५५ वर्षीय फुलगेन ठाकुर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो घरबाट निस्केका ठाकुरलाई साँझमा छोराले फोन गर्दा नलागेपछि खोजी सुरू गरिएको थियो। बिहीबार बिहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेको प्रहरीले जनाएको छ।

मृतक ठाकुरको शरीरमा कुनै घाउचोटसमेत नरहेको प्रहरीले जनाएको छ। ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्