कप्तान रोहितले तोडे ७९ रनको साझेदारी

काठमाडाैँ – नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले १ सय १४ रनको अवस्थामा तेस्रो विकेट गुमाएको छ। नेपालले तेस्रो विकेटक रुपमा पर्गत सिंहलाई ५० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहितले ललित राजवंशीद्वरा क्याचआउट गराए।

३५ रन जोड्दा २ विकेट गुमाएको क्यानडाका लागि प्रगत र निकोलस क्रिटोनले तेस्रो विकेटक लागि ७९ रनको साझेदारी गर्दै टिमलाई मध्यक्रममा समालेका थिए। उसका लागि ओपनर आरोन जोनसोन २० रनमा आउट हुँदा कीर्तन ३४ रनमा अविजित छन्।

नेपालक लागि डेब्यु गरिरहेका रिजन ढकालले आफ्नो डेब्यु ओभरमै पहिलो विकेट लिंद सोमपाल कामी र रोहित पौडेलका नाममा समान १–१ विकेट रह्यो।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्