मोरङमा ‘कोशी प्रदेश ट्रफी’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

मोरङ – विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ।

मोरङ जिल्ला क्रिकेट संघद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सघंका अध्यक्ष मोहम्मद साद कुरैसीले फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिता हुने जानकारी दिए।

अध्यक्ष कुरैसीले प्रतियोगिताको लागि मैदान तयारीको काम तीव्रतापूर्वक भइरहेको बताए। प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने बताएका अध्यक्ष कुरैसीले प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान तयार हुने जानकारी दिए।

सात वटा प्रदेशसहित ३ वटा विभागीय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ। राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा १० टोलीले कुल २३ खेल खेल्नेछन्।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्