एक वर्षमा लोक सेवाका ५ परीक्षामा नाम निकाल्ने पूजा

सिमकोट – दैलेखको भैरवी गाउँपालिका – ३ की पूजा खत्रीले एकैवर्षमा लोक सेवा आयोगले लिएका ५ वटा परीक्षामा नाम निकालेकी छन्। उनले यसवर्ष वैशाखदेखि माघसम्म लोक सेवाका ५ वटा लिखित परीक्षामा नाम निकालेकी हुन्।

उनले सबै परीक्षा स्वास्थ्य सेवातर्फ दिएकी थिइन्। कठोर मिहिनेतले नसोचेको परिणाम निकाल्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरिन्।

उनी लुम्बिनी प्रदेशको लोकसेवा परीक्षाबाट पाँचौं तहमा सिफारिस भइसकेकी छन् भने कर्णाली प्रदेश चौथो तहमा अन्तर्वार्ता दिन बाँकी छ।

त्यसैगरि, कोशी प्रदेश पाँचौं तहको अन्तर्वार्ता दिन बाँकी छ। बागमती प्रदेश पाँचौं तहको अन्तर्वार्ताको तयारी गरिरहेको र कोशी प्रदेश चौथो तहको अन्तर्वार्ता बाँकी रहेको उनले सुनाइन्।

उनले भनिन्,’जहाँ परीक्षा दियो, त्यहीँ निकाल्छु भन्ने त लागेको थिएन। म आफै अचम्मित भएकी छु।’ परिश्रमको फल मिलेकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

हाल प्यूठान अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत पूजाको जन्मघर बर्दियाको गुलरिया–४ हो।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्