क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी

तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको छ। रोमाञ्चक खेलमा नेपालले ४७.५ ओभरमा क्यानडाको सम्पूर्ण टोलीलाई २ सय १७ रनमा अलआउट गर्दै रोमाञ्चक जित निकालेको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेलेका थिए।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाका लागि दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए। उसक लागि पर्गत सिंहले ५० रन बनाउँद निकोलस किर्टनले सर्वाधिक ६८ रनको इनिङ्स खेलेका थिए। त्यस्तै, हर्ष थकरले ३२ रन बनाए। उसको पछिल्लो क्रम लगातार विकेट पतनको सिकर हुँद नेपालले रोमाञ्चक जित निकाल्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार बलिङ गरेका थिए। रोहितले ८.५ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, ललित राजवंशीको नाममा २ विकेट रहँदा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान १–१ विकेट लिए।

त्यसअघि टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय २४ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो। उनले ५८ बल खेल्दै ९ चौक र १ छक्काको सहयोगमा ६२ रन बनाए।

त्यस्तै, आरिफ शेखले ३८ रनको योगदान दिँदा सोमपाल कामी २७ रन बनाएर आउट भए। थप दोहोरो स्कोरको रूपमा भीम सार्कीले १७ रन बनाउँदा पवन सर्राफले १५ रन बनाएका थिए। सूर्य तामाङ १० रनमा अविजित रहे।

नेपाललाई मध्यम स्कोरमा समेट्ने क्रमम क्यानडाका लागि उदय भगवानले ३ विकेट लिँदा साद विन जफार र इश्वरजत सोहीले समान २–२ विकेट लिएका थिए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्