काठमाडौँ – तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ।

क्यानडालाई ४७ ओभर ५ बलमा अलआउट गर्दै नेपालले ७ रनको जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको थियो। जवाफमा क्यानडाले २१७ रन मात्रै बनाउन सक्यो।

नेपालको जितमा कप्तान रोहित पौडेलले सानदार बलिङ गरे। उनले ८.८ ओभर बलिङ गर्दै २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए।

नेपाल र क्यानडाबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक उपस्थित थिए।

तस्बिरः बर्षा शाह/देश सञ्चार।