आगलागीमा परेर हुम्लामा एक महिला गम्भीर घाइते

सांकेतिक तस्बिर।

सिमकोट – हुम्लामा आगलागीमा परेर एक महिला गम्भीर घाइते भएकी छन्।

बिहीबार घाँस काट्ने मेलामा डढेलोमा परेर खार्पुनाथ गाउँपालिका–५ याङ्चुकी ५० वर्षीया लक्ष्मी सिंह घाइते भएकी हुन्। आगो निभाउन जाने क्रममा उनी जलेर घाइते भएकी  हुन्।

बालबालिकाले खार्पुनाथ गाउँपालिका–५ कै आसिकाट्नादेखि माथिको मेलामा आगो लगाएको थाहा पाएपछि सिंह निभाउनका लागि मेलामा गएकी थिइन्। सिंहको हातखुट्टा, टाउको जलेको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालका अहेव जैमल शाहीले जानकारी दिए।

घरको आर्थिक अवस्था कमजोर भएको हुँदा उपचारका लागि जिल्ला बाहिर लैजान सक्ने अवस्था नभएकाले सामुदायिक अस्पतालमा भर्ना गरेर प्राथामिक उपचार भइरहेको छ।

आगलागीबाट आसिकाट्नादेखि माथिको सम्पूर्ण चरिचरन क्षेत्र र बाम्नीमाडुको मन्दिर पनि जलेर नष्ट भएको छ।  स्थानियवासीको सक्रियतामा अहिले आगो निन्तरणमा आएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्