रेखा शाहको गीत ‘बाँध न मलाई’ सार्वजनिक (भिडियो)

काठमाडौँ – सिमसिमे पानीमा गीतबाट नेपाली सङ्गीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसर पारेर आज नयाँ गीत सार्वजनिक गरेकी छन्।

युवा पुस्ताका प्रतिभावान् गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन्। पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ–भर्सन’ भिडियोलाई रुपेश थापाले छायाङ्कन र निर्देशन गरेका छन्।
भिडियोमा गायिका शाह र गायक शर्माले अभिनय गरेका छन्।

शास्त्रीय सङ्गीतकी विद्यार्थी गायिका शाहले यस गीतमा पाश्चात्य शैलीको सङ्गीतमा आवाज भरेकी छन्। गीतको शब्द र संगीतको नयाँ फ्लेवरलाई स्रोता–दर्शकले मन पाराउनेमा आफू निकै आशावादी रहेको उनले बताइन्।

भिडियो रेखा शाह युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्