नेपाल प्रहरीमा खुल्यो झण्डै दुई हजार जनालाई जागिर (सूचनासहित)

फाइल तस्बिर

काठमाडौँ –  नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा भर्ति खुलाएको हो ।

कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको छ ।

खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ ।

आगामी चैत ९ गतेसम्म आवेदन दिनु सकिने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

सूचनाः 

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्