त्रिवी उपकुलपतिको ‘सर्ट लिस्ट’ सार्वजनिक, हेर्नूहोस् को-कसको नाम भयो सिफारिस?

फाइल तस्बिर ।

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि १४ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले परेका दरखास्त मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि वर्णानुक्रमअनुसार १४ जनाको अल्प सूची(सर्ट लिस्ट) सार्वजनिक गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् ।

यसका लागि ४३ जनाको नाम आवेदन परेको थियो ।

त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए ।

हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

हेर्नूहोस सर्टलिस्ट:

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्