कोसीमा आज मन्त्रीपरिषद् विस्तार हुने, को हुन् संभावित मन्त्रीहरू?

विराटनगर- कोसी प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तार हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज शुक्रबार मुख्यमन्त्री केदार कार्कीले मन्त्री परिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा मन्त्रालयका लागि नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, इन्दिरा थापा, रामकुमार खत्री र नेकपा माओवादीबाट नारायण बुर्जा मगर, राजेन्द्रकुमार कार्की नयाँ अनुहार हुनेछन् ।

स्रोतका अनुसार कांग्रेसका सुनुवारले स्वास्थ्य मन्त्रालय, थापाले आर्थिक मामिला तथा योजना राज्यमन्त्री, खत्रीले उद्योग, कृषि सहकारी मन्त्रालयको जिम्मेवारीवहन गर्ने भएका छन् ।

त्यसैगरी, केन्द्रतर्फबाट उदयपुरका मगरले खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारीवहन गर्नेछन् ।

यसअघि मुख्यमन्त्री कार्कीसंगै कांग्रेसबाट आन्तरिक मामिला तथा योजना मन्त्रालयमा शमसेर राई, नेकपा माओवादी केन्द्रबाट पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती सुशील र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कमलप्रसाद जबेगु मन्त्री रहेका छन् ।

स्रोतका अनुसार अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथग्रहण हुनेछ ।

 

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्