महोत्तरीमा १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, तीन जना पक्राउ

फाइल तस्बिर।

जनकपुरधाम – महोत्तरीमा १३ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ। सम्सी गाउँपालिकामा एक १३ वर्षीया बालिकालाई चार जनाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका कारण मामा घर बस्दै आएकी बालिकालाई लुटेरा समूहले घरमा लुटपाट गरी बालिकाकी आमा र हजुरआमालाई कोठामा थुनेर घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन्।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। उनले यस घटनाको अनुसन्धानको क्रममा ३ जनालाई पक्राउ गरिएको बताए।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्