सिरहामा लागुऔषधसहित एक युवक पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम – सिरहा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने २० वर्षीय रुपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई डाइजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल र ब्रोमेथोजाइन हाइड्रोक्लोराइड १७ एम्पुलसहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्